• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

तटस्थ सञ्चारकर्ममा जुटौं : अध्यक्ष बस्नेत


  • खुला नेपाल
  • बुधबार, चैत्र २३, २०७८
  • 7.5K
    SHARES

सुर्खेत । तटस्थ भएर सत्यतथ्य सूचना प्रभावहमा आफूलाई समाहित गर्न नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आग्रह गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा मंगलवारदेखि आयोजित प्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै बस्नेतले यस्तो बताउनु भएको हो ।

पत्रकार समाजको ऐना भएका कारण पनि सत्यलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्पन नभएको उहाँको भनाइ थियो । ‘पत्रकार भनेका जनताका प्रतिनिधि हुन्, पत्रकार जहिले पनि नागरिकको परीक्षणमा रहेका हुन्छन्,’ उहाँले भन्नुभयो, ‘नागरिकको परीक्षणमा आफूलाई सही सावित गर्न चुनौती छ । चुनौतीका बावजुत पनि आफ्नो पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहितामा रहेर काम गर्नुस तपाईको काममा कसैले दख्खल राख्ने छैन ।’

सही सत्य र निष्पक्ष समाचारले नै नागरिकको विश्वास बढ्ने बस्नेतको भनाइ थियो । हामी कस्तो पत्रकार बन्ने ? हामीले सिकाउने साथीलाई कस्तो पत्रकार बनाउने त्यो हाम्रै हातमा रहेको छ ।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाल, पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, नेपाल बार एसोसियसनकी उपाध्यक्ष रक्षा बस्याललगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया