• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

मुलुकको बिकासका लागि सबै गम्भीर भएर लाग्नुपर्छ : सञ्चारमन्त्री कार्की


  • खुला नेपाल
  • शुक्रबार, चैत्र २५, २०७८
  • 2.1K
    SHARES

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको बिकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीईओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउदै मुलुकको बिकासका लािग सवै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो।

उहाँले आयातभन्दा पनि उत्पादन बृद्धि गरेर उचित बितरणमा लाग्नुपर्ने धारणा राख्नु भएको छ । मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पु¥याउने जनताको चाहनलाई पूरा गर्न सवै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशिलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।

प्रतिक्रिया