काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । शुक्रबार सरकारलाई असहयोग गरेको र अर्थसम्बन्धी नीतिगत सूचनाहरु बाहिर ल्याएको आरोप लगाउँदै अर्थ मन्त्रालयले अधिकारीलाई निलम्बन गरेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । साथै, अधिकारीमाथि छानविन गर्न छानविन समितिसमेत गठन गरिएको स्रोतले जानकारी गराएको छ ।
विशेष गरी अधिकारीमाथि मुलुकको अर्थतन्त्रबारे गलत अफवाह फैलाएको र गम्भीर प्रकृतिको सूचना चुहाएको आरोप लगाइएको छ । गभर्नर अधिकारीको कार्यशैलीप्रति अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट थिए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
