• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

एमालेले भरतपुरमा मेयरको उम्मेदवार प्रदेश सांसद सुवेदीलाई बनाउने


  • खुला नेपाल
  • सोमवार, चैत्र २८, २०७८
  • 4.8K
    SHARES

काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)ले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

महानगर कमिटीको  सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया बताउनुभयो।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताउनुभयो। प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।

सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव)सक्नुभएको छ। हाल उहाँ पार्टीको बागमती प्रदेश सचिव हुनुहुन्छ । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख)बाट बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ ।

उहाँ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।

प्रतिक्रिया