• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सिद्धार्थनगरको मेयरमा सिफारिस नभएपछि पूर्वक्षेत्रीय सभापतिले छाडे कांग्रेस


  • खुला नेपाल
  • बुधबार, बैशाख ७, २०७९
  • 6.6K
    SHARES

नेपाली कांग्रेस रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवले पार्टीबाट राजीनामा दिएका छन्।उनले पार्टी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

उनले राजीनामा पत्र पार्टी कार्यालयमा आज बुझाएको बताए। उनी कांग्रेस महाधिवेशनमा क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएर पराजित भएका थिए।

उनी सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी छन्। कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेको छ। यसमा यादव असन्तुष्ट थिए।पार्टीमा इमान्दारहरूको कुनै काम रहेन,’ उनले भने, ‘यो पार्टीमा बसिरहनु उचित लागेन, राजीनामा दिएँ।’ अन्याय सहेर बस्न हुन्न भनेर आफूले राजीनामा दिएको उनको भनाइ थियो।

प्रतिक्रिया