• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

युभेन्ट्स कोपा इटालियाको फाइनलमा


  • खुला नेपाल
  • बिहिबार, बैशाख ८, २०७९
  • 7.7K
    SHARES

एजेन्सी । युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो खेलमा फियोरेन्टिनालाई २-० समग्रमा ३-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स फाइनलमा पुगेको हो । पहिलो लेगमा युभेन्ट्सले १-०को जित निकालेको थियो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउनको लागि फेडरिको बर्नरडेस्ची र डानिलोले समान एक-एक गोल गरे ।

खेलको ३२औं मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।

अब युभेन्ट्सले उपाधिको लागि इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरिसकेको छ । फाइनल ११ मेमा रोममा हुनेछ ।

प्रतिक्रिया