• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

औवामियाङको गोलमा बार्सिलोनाको जित


  • खुला नेपाल
  • शुक्रबार, बैशाख ९, २०७९
  • 4.6K
    SHARES

एजेन्सी । स्पेनिस् ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा इमरिक औवामियाङले गरेको गोल नै निणार्यक गोल बन्यो । उनले पहिलो हाफमा ११औँ मिनेटमा गोल गरेका थिए ।

प्रतिस्पर्धात्मक खेलमा औवामियाङको गोलपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो । घरेलु टोली रियल सोसिडाडले बल पोसेसन राख्दै बार्सिलोनालाई दवावमा राखेपनि गोल गर्न सकेन ।

यो जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ६३ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि छ । समान ६३ अंक नै रहेपनि सेभिया गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया