• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

पाइपलाइन किन चाहियो भनेर कांग्रेस घोषणापत्र लेख्छ : अध्यक्ष ओली


  • खुला नेपाल
  • मङ्लबार, बैशाख १३, २०७९
  • 4.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताउनुभएको छ ।

आफ्नो पार्टी र आफूले गरेको कामलाई अनावश्यक रुपमा गालीगलौज गरेको भन्दै कडा आलोचना गर्नुभयो ।

२३ औं मनमोहन स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस घोषणापत्रका दर्जनौं ठाउँमा एमाले र व्यक्तिगत रूपमा आफूमाथि गालीगलौज गरिएको भन्दै त्यसको विरोध गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यो कुनै राजनीतिक दस्तावेज नै होइन, पागलहरूको प्रलाप हो । घोषणापत्रमा कुनै राजनीतिक विश्लेषण छैन, मुख छाड्ने र दर्जनौं ठाउँमा नाम किटेर धारे हात लाइएको छ । बाटो किन चौडा बनाएको ? रेल किन ल्याएको ? पाइपलाइन किन चाहियो ? कांग्रेस यस्तो घोषणापत्र लेख्छ । यस्तै यस्तै आरोप लगाएको पनि कुनै राजनीतिक दस्तावेज हुन्छ ?’

अध्यक्ष ओलीले गठबन्धन नगर्दा कतै पनि जित्न नसक्ने अवस्थामा पुगेको कांग्रेसले कम्युनिस्ट पार्टी कब्जा गर्न नसकेपछि भागेका प्रचण्ड माधवहरुको बैशाखी टेकेर अघि बढ्न खोजेको दावी गर्नुभयो ।

प्रतिक्रिया