• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

हरेक नेपाली यो देशको नागरिक


  • खुला नेपाल
  • सोमवार, बैशाख १९, २०७९
  • 14.1K
    SHARES

म पनि प्रधानमंत्री बनौ यो जन्म भूमिको !
जनताको कष्ट हटाइ फेरी रुप माटोको !
मोतीलाल दुःख नपोरो भनि कामना छ मनको
कालीको सिमा जोगियो भन्ने चाहना जीवनको !

आमा बस्ने यो मेरो देशलाई असल सन्तान देऊ
छोरी दिदी बहिनीहरलाई सुरक्षित जीवन देऊ
योग्यताको ठूलो कदरगर्दै गरिखान सुबिधा देऊ
जस्को जस्तो क्षेमता छ उस्तै नै शिक्षा देऊ

विश्वका मुलुक समृद्ध बने कसरी बुझ्ने हो ,
कसैको अधिन नसहेको देश नबन्दा कस्लाई सोध्नु
स्वाभिमानी पुर्खाको कथा जोगाउने विधि रोज्नु
आफ्नालागि मात्र सत्ता रोज्ने खराव बानी छोड्नु !!

पढ्न बाहिर जान हैन देशैमा सुविधा देऊ
घरघर पुगि दुःखीको छन खोजेर ल्याइदेऊ
परदेशमा युवा पठाएर खोक्रो देश नपारिदेऊ
सिप र ज्ञानको कदर गरी उचित जागिर देऊ !

यो देश हो हामी तीनकोटी नेपाली वीरहरुको
छातीभरी देशको नक्सा बनाउनेहरु सबैको
गरिखान सक्ने अनि नसक्ने सारा नेपालीको
बालक ,युवा ,बृद्द अपाङ्ग एवं साङ्गहरुको

सत्ताको गरिमा शान,मानमा बस्ने नेपालीको
तिनलाई त्यहाँ पुर्याइ ठूलो भरोसा गर्नेहरुको
बाटो घाटो स्कुल पुल र पुलेसो खोज्नेहरुकौ
पढ्न लेख्न स्वास्थ्य सुविधा चाहना राख्नेको

  • शुभा

प्रतिक्रिया