• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

किरात धर्मावलम्बीहरुले आज ९२औं समाजसुधार दिवश मनाउँदै


  • खुला नेपाल
  • शनिबार, बैशाख २४, २०७९
  • 2.7K
    SHARES

काठमाडौं । किरात धर्मावलम्बीहरुले आज९२ औं समाजसुधार दिवश मनाउदैछन् । वि.सं.१९८८ वैशाख २४ गते १६ औं राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनले ७ बुँदे सत्यधर्म मुचुल्का जारी गरेको स्मरणमा यो दिवश मनाइन्छ ।

फाल्गुनन्द लिङदेनले तत्कालीन १७ थुम १० लिम्बुवानका सुब्बा, अमाली सुब्बाहरुको भेला आयोजना गरी उक्त सत्यधर्म मुचुल्का जारी गरेका थिए ।

पाँचथरको फिदिम नगरपालिका–५, लब्रेकुटिमा जारी गरिएको उक्त सत्यधर्म मुचुल्कालाई किरात समाज सुधारको क्षेत्रमा जेठो लिखित दस्तावेजको रुपमा लिइन्छ ।

फाल्गुनन्दले तत्कालीन अवस्थामा लिम्बू समुदायमा ब्याप्त साँस्कृतिक बिकृतिहरुलाई व्यवस्थापन गर्न सामाजिक सुधारको अभियान स्वरुप ‘सत्यधर्म मुचुल्का’ तयार पारेका थिए ।

‘सत्यधर्म मुचुल्का’ छोरीचेलीको बिवाहमा प्रशस्तै सुनौली रुपौली लिने, विभिन्न कर्मकाण्डमा अत्यधिक मदिरा तथा मासुमंशको प्रयोग एवं फजुल खर्च गर्ने संस्कृतिको व्यवस्थापनको पक्षमा रहेको थियो ।

अहिले लिम्बू समाजमा छोरीचेलीको बिवाहमा सोतरीत, सुनौलीरुपौली लिने प्रचलन प्रतीकात्मक रुपमा मात्र जीवित छ । अत्यधिक मदिरा, मासुमंश र फजुल खर्च गर्ने प्रवृतिमा उल्लेख्य रुपमा कमी आएको छ । यो सत्यधर्म मुचुल्काको देन भएको किरात धर्मका अभियन्ताहरु बताउछन् ।

फाल्गुनन्दले ७ बुँदे ‘सत्यधर्म मुचुल्का’ जारी गरेको दिन वैशाख २४ लाई किरात धर्मावलम्बीहरुले बर्षेनी समाजसुधार दिवशको रुपमा मनाउदै आएका हुन् ।

सत्यधर्म मुचुल्का जारी गरिएको स्थान, फाल्गुनन्दको कर्मभूमी, धार्मिक पर्यटकीयस्थल फिदिमको लब्रेकुटि सहित किरात धर्मावलम्बी रहे, बसेको देश तथा बिदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी समाजसुधार दिवश मनाइने किरात गरिन्छ ।

प्रतिक्रिया