• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

बैतडीमा प्राध्यापकलाई कुट्ने गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ


  • खुला नेपाल
  • सोमवार, बैशाख २६, २०७९
  • 6.4K
    SHARES

काठमाडौँ ।बैतडीमा कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह-प्राध्यापक रामदत्त जोशीमाथि राना र माओवादी केन्द्रका कार्यकर्ताले कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै रानाले कुटपीट गरेको आरोप लागेको छ । कुटपिटबाट जोशीको घुँडामा चोट लागेको र उहाँको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न अध्यक्षका उम्मेदवार राना र घाइते पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया