काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् ।
महानगरको वडा नं। १ को ४०० मत गन्दा सुवेदीले फेरी सत्ता गठबन्धनबाट माओवादीकी उम्मेदवार रेणु दाहाललाई पछि पारेका हुन् ।
सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन् । वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठले १६० र कांग्रेसका केशव महर्जनले १८१ मत ल्याएका छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
