• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु


  • खुला नेपाल
  • सोमवार, जेष्ठ २, २०७९
  • 5.9K
    SHARES

uf}tda'4 ljdfg:yndf klxnf]k6s cjt/0f hlh/f Pc/nfOG;sf] hxfh ?kGb]xL, @ h]7 M cGt//f{li6«o uf}tda'4 ljdfg:yndf ;f]daf/ klxnf]k6s cjt/0f u/]sf] hlh/f Pc/nfOG;sf] hxfh . kRrL; ;o ^^ cf}F a'4hoGtLsf] cj;/ kf/]/ s'j]taf6 !&* ofq' af]s]/ Gof/f]a8L hxfhn] p8fg e/]sf] xf] . t:jL/M lg/f uf}td÷ /f;;

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

आज बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्ध जयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आजै प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

जजिराले भोलि बिहान २ः३० बजेको समयमा नेपालबाट यात्रु बोकी कुवेतका लागि उडान भर्ने योजना रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उद्योग वाणिज्य सङ्घ सिद्धार्थनगरको पर्यटन विभाग प्रमुख सञ्जय बजिमयका अनुसार  साताको तीन दिन (सोमबार, बुधवार र शुक्रवार) नियमित उडान भर्ने गरी प्रक्रिया अगाडि बढेको छ । आफ्नो ट्राभलले भैरहवाबाट जाने ३० यात्रुको बुकिङ गरिसकेको उहाँले बताउनुभयो । पुरानो विमानस्थलमा अहिले दैनिक २४ जहाजले आन्तरिक उडान भर्छन् ।

एउटा मात्र रनवेले कारण ट्राफिक चाप हुने गरेकाले चाप व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय विमानको उडानलाई रातिको समयमा राखिएको उक्त अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताउनुभयो ।

प्रतिक्रिया