• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

जेसुम टोली बूढानिलकण्ठमा


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ १७, २०७९
  • 12.4K
    SHARES

 

काठमाडौं । साहित्यकार, चित्रकार, पत्रकारसहितको जेसुम अभियानको टोली बूढानिलकण्ठ नगरमा पुगी नवनिर्वाचित मेयर, उपमेयरलाई बधाइ दिएको छ ।
टोलीले उक्त नगरपालिकालाई विश्वमै चिनाउनका लागि विभिन्न उपायबारे सुझाव समेत दिएको छ ।
हालैको निर्वाचनमा बूढानिलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा विजयी हुनुभएको हो ।

अधिकारी र लामालाई टोलीले शब्द र सगुनमार्फत बधाई दिँदै आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा समेत सुझाव दिएको हो ।
कला, साहित्य, संस्कृति, पर्यटन प्रवद्र्धनका लागि ३ वर्षदेखि जेसुम अभियान सुरु भएको हो । यो अभियानका संयोजक लामा उपमेयर निर्वाचित हुनु भएको हो ।

त्यसक्रममा बोल्दै मेयर अधिकारीले आफ्नो नगरपालिकाको विकास र पहिचान बढाउन जेसुमसँगको सहकार्यले थप बल पुग्ने धारणा राख्नुभएको थियो ।
उपमेयर अनिता लामाले नगरको स्थानीय सांस्कृतिक पाटोहरुको विकास र संरक्षणमा सदैव प्रतिवद्ध रहेको बताउनुयो ।

साहित्य,कला,सामाजिक सेवा एवं राजनीतिक आन्दोलन हुदै हालै नगरको उप–प्रमुखमा निर्वाचित हुनुभएका लामाले कला संस्कृतिको पाटोलाई आफूले नजिकबाट हेरेको स्पष्ट पार्नुभयो ।

सांस्कृतिक पाटोको प्रवद्र्धनले नै नगरले आफ्नो थप पहिचान निर्माण गर्ने र यो समृद्धिको एउटा महत्वपूर्ण अंग रहेको उहाँको भनाई छ ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलले सांस्कृतिक राष्ट्रियताको निर्माणले नै मुलुकलाई बलियो बनाउने उल्लेख गर्दै यो कुरा सबै जनप्रतिनिधिले वोध गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

वरिष्ठ साहित्यकार एवं परिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमीले स्थानीय कला,संस्कृतिको प्रवद्र्धनका लागि थिएटर हलको विकास गर्न सकिने सुझाव दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवं सञ्चार डायस्पोरा संयोजक शशी लुमुम्बूले स्थानीय कला संस्कृतिको विकास,संरक्षण र संवद्र्धनका लागि स्थानीय तहसम्म मानवस्रोतसाधन सहितको संरचनाको परिकल्पना प्रज्ञा प्रतिष्ठानको रहेको विषय स्मरण गराउनुभयो । केहि जिल्लाका स्थानीय तहले यो काम सुरुवात गरिसकेको जानकारी दिनुहुदै प्राज्ञ लुमुम्बूले त्यस खालको काम गर्न बुढानीलकण्ठ नगरपालिकासँग प्रज्ञा प्रतिष्ठान सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

चित्रकार दिपेन्द्र बनेपाली,साहित्यकार रमेश कँडेल,चित्रकार बाबु साँइला लगायतले पनि नगरको शिक्षा,संस्कृति तथा कला क्षेत्रको विकासमा आफूहरुको साथ रहने बताउनुभयो ।

नव निर्वाचित नगर प्रमुख अधिकारी र उपप्रमुख लामालाई चित्रकार बनेपालीको टिमले नेवारी संस्कृति अनुसारको खाना सगुन स्वरुप खुवाउँदा भेटघाट कार्यक्रम संस्कृतीमय बनेको थियो ।

कार्यक्रमको अन्त्यमा टोलीलाई नगरप्रमुख अधिकारी,उपप्रमुख लामा र प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले नगरको तर्फबाट मायाको चिनो स्वरुप डायरी प्रदान गर्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया