• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कीर्तिपुरमा दिउसै सडकमा कुटपिट गरी हत्या


  • खुला नेपाल
  • बुधबार, जेष्ठ १८, २०७९
  • 5.7K
    SHARES

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१० बोसिगाउँ बस्ने २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खत्रीको स्थायी ठेगाना उदयपुर तामिल्छा नगरपालिका–८ रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन् ।

सोही नगरपालिका–३ ढल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया