• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु


  • खुला नेपाल
  • बिहिबार, जेष्ठ १९, २०७९
  • 5.5K
    SHARES

काठमाडौं । पूर्वी चितवनको खैरहनीमा भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने २१ वर्षीय विश्वास गुरुङ रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–९ सिमलटाँडीमा बुधबार साँझ भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

लोथरबाट नारायणगढतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७३९ नम्बरको भारतीय कारले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार चालक प्रहरीको नियन्त्रणमा छन्

प्रतिक्रिया