• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप


  • खुला नेपाल
  • बुधबार, जेष्ठ २५, २०७९
  • 5.9K
    SHARES

काठमाडौं । काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ।

बुधबार स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा दुईबीचमा झडप भएको हो । स्थानीयले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।

अहिले बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालित रहेका छन् । स्थानीयहरु ढुंगाुमढामा उत्रिएपछि प्रहरीले बाध्य भएर अश्रु ग्याँस प्रहार गर्नुपरेको छ ।

सोमबार काठमाडौं महानगर, सहरी विकास मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमतिपश्चात् मंगलबारदेखि फोहोर उठाउने भनिएको थियो । उक्त सहमितसँगै काठमाडौंको फोहोर बञ्चरेडाँडामा लगिएको थियो तर, स्थानीयले अवरोधसँगै ढुंगामुढामा उत्रिएका छन् ।

प्रतिक्रिया