काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १० जना र ९ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार १६२ पुगेको छ । हाल नेपालमा १ सय ९ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
