काठमाडौँ । नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ ।
स्थानीय निर्वाचनको समीक्षा, जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिनेलगायत समसामयिक विषयमा छलफल गर्न आज दिउँसो १ः०० बजे पार्टी कार्यालय च्यासलमा एमाले सचिवालयको बैठक बस्न लागेको हो ।
आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले आज बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको थियो। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
