• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कोस्टारिका विश्वकपमा छनोट


  • खुला नेपाल
  • बुधबार, असार १, २०७९
  • 4.7K
    SHARES

काठमाडौं । कोस्टारिका यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । अन्तर महादेशीय प्ले अफमा न्युजिल्यान्डलाई पराजित गर्दै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

गएराति भएको खेलमा कोस्टारिकाले न्युजिल्यान्डलाई १-० गोल अन्तरले पराजित गर्यो । जोएल क्याम्पवेलले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको तेस्रो मिनेटमै गोल गर्न सफल भएको थियो ।

योसँगै कतार विश्वकपमा प्रतिस्पर्धा गर्ने सबै ३२ राष्ट्रको टुंगो लागेको छ । युरोपबाट १३, दक्षिण अमेरिकाबाट ४, उत्तर तथा मध्य अमेरिकाबाट ४, एसियाबाट आयोजक कतारसहित ६ र दक्षिण अफ्रिकाबाट ५ टोलीले विश्वकपमा स्थान बनाएका छन् ।

प्रतिक्रिया