काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यालयबाट गर्ने हुनुभएको छ ।
अध्यक्ष ओली बालकोट निवासमा अत्याधिक भिड बढेपछि नेता कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यालयबाट गर्ने हुनुभएको हो ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार अब उहाँलाई भेट्न चाहनेहरूले पार्टी केन्द्रीय कार्यालय च्यासलमा समन्वय गरेर समयको व्यवस्थापन गर्नुपर्ने छ ।
केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार अध्यक्ष ओली अपराह्नसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्नुहुनेछ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
