काठमाडौ । सशस्त्र प्रहरी बल नेपालका ५६ जना इन्सपेक्टरहरू डिएसपीमा बढुवा सिफारिस भएका छन । सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी विदुर खड्काका अनुसार बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।
१४ वर्षदेखि इन्सपेक्टरमा कार्यरत रहेकाहरू पनि डिएसपीको बढुवमा परेका छन । बढुवा सिफारिसको एक नम्बरमा रामेश्वर श्रेष्ठ र ५६ नम्बरमा सुरज रिजाल रहेका छन ।



-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
