• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

अछामका विनोदको हत्यामा संलग्न आरोपमा मेयर चलाउनेसहित ७ जना पक्राउ


  • खुला नेपाल
  • आइतवार, असार १९, २०७९
  • 3.5K
    SHARES

काठमाडौं । करिब महिना दिन अघि अछामको पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको हत्याको आरोपमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

गत जेठ १७ गते देखि हाराइरहेका साही २१ गते मृत भेटिएका थिए । शाही मृत्यूको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले मेयर चलाउने सहितलाई नियन्त्रणमा लिएको हो ।

मेयर चलाउने सहतिको संलग्नतामा हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।
यसअघि जाहेरी दर्ता भएका मध्ये पाँचजनालाई पक्राउ गरेको र अन्य दुईजनालाई हिजो नियन्त्रणमा दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

हिजो पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर अम्बिका चलाउने र नेत्र शाही पक्राउ परेका हुन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेस गर्ने जनाएको छ ।

प्रतिक्रिया