• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सिसिटिभी फुटेज गायब प्रकरण : संसदीय छानबिन समिति बनाउन एमालेको माग


  • खुला नेपाल
  • सोमवार, असार २०, २०७९
  • 5.9K
    SHARES

sf7df8f}F, !@ h]7M k|ltlglw;ef a}7sdf cWoIf cf]nL g]skf -Pdfn]sf_ cWoIf s]kL zdf{ cf]nL k|ltlglw;efsf] laxLaf/sf] a}7sdf wf/0ff /fVb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौँ । नेकपा एमालेले  बजेट निर्माण  प्रकरण र  उक्त घटना छुपाउन अर्थ मन्त्रालयले सिसिटिभी फुटेज गायब पारेको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेको छ ।

सोमबार प्रतिनिधिसभाकाे बैठकमा विशेष समय लिएर बोल्नुहुँदै एमाले अध्यक्ष  केपी शर्मा ओलीले देशको अर्थतन्त्र ध्वस्त पार्ने काममा गठबन्धन सरकारले अति नै गरेको बताउनुभयो ।

‘यो बजेट देशको बजेट हैन । यो त दुई चार जना घरानाको बजेट हो ।’ ओलीको भनाई थियो । उहाँले आर्थिक अराजकताको नमुना यो भन्दा अर्को कुनै हुनै नसक्ने बताउनुभयो । ‘यो भन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा अरू के हुन सक्छ ?’ ओलीले प्रश्न गर्नु भयो ।

उहाँले सिसिटिभी फुटेज डिटेल गरेर सरकार झनै उदाङीएको बताउनुभयो ।  ‘आफ्नो स्वच्छता प्रमाणित गर्न छानबिन गरौँ प्रमाणित गर्नुहोस् भन्नु पर्ने बेलामा उल्टो यो के हो ?’ ओलीकाे प्रश्न थियो ।

उहाँले फुटेज तीन महिनासम्म राख्नु पर्ने व्यवस्थालाई लत्याएको भन्दै कानून सडकमा मकैं पोल्ने जनताको लागि मात्र हो कि सरकारले पनि पालना गर्नु पर्छ भनेर प्रश्न गर्नुभयो ?

अध्यक्ष ओलीले यो घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभयो ।  उहाँले प्रधानमन्त्रीले छानबिन समिति बनाउँछु भनेर कबुल गर्नु पर्ने भन्दै दोषी पाइए प्रधानमन्त्रीले जिम्मासमेत लिनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया