• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

माओवादी केन्द्रको बैठक बस्दै, पदाधिकारी टुंग्याउने तयारी


  • खुला नेपाल
  • बुधबार, असार २२, २०७९
  • 3K
    SHARES

काठमाडौं । मंगलबार स्थगीत भएको माओवादी केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।दिउँसो १ बजे बैंठक सुरु हुने माओवादीले जनाएको छ । आजको बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने निर्णय गरेको थियाे ।

पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ । पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै बैठकमा सदस्यहरूले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।

सोही अनुसार उनले आकांक्षीसँग छलफल गरेर आजको बैठकमा नाम प्रस्ताव गर्ने बताइएको छ ।

दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबारका लागि स्थगित गरिएको थियो । मंगलबार उक्त सहमति जुटाएर बुधबार केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो ।

प्रतिक्रिया