काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १५४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ७३३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ६२५ पुगेको छ । हाल नेपालमा ५ सय ६४ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
