काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक सुरू भएकाे छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहानै सुरू भएकाे बैठकमा पदाधिकारी चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
गत आइतबारदेखि बिहीबारसम्म चलेको पार्टीको केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको थियो । लगाइपछि आजै स्थायी समितिको पहिलो बैठक बसेको हो । तर अझै पनि पदाधिकारी चयन गर्न सकेको छैन ।
आजको बैठकले भर्खरै सम्पन्न केन्द्रीय सिमिति बैठकको समीक्षा गर्ने जनाइएको छ । साथै पोलिष्टब्युरो चयनका क्रममा देखिएका असन्तुष्टिबारे पनि बैठकमा छलफल हुने र पदाधिकारीको टुंगो लगाउनेबारे समेत ठोस छलफल हुने बताइएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
