• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सार्वजनिक सवारीको भाडा बढ्यो , कहाँ जान कति ?


  • खुला नेपाल
  • मङ्लबार, असार २८, २०७९
  • 5.1K
    SHARES

काठमाडौं । सार्वजनिक गाडीको भाडादर पुनः बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।

विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ। यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ।बढेको भाडादर सोमबारदेखि लागू भएको छ ।

प्रतिक्रिया