काठमाडौँ । रसुवामा माओवादीका नेताहरू कोही नयाँ शक्ति हुँदै कांग्रेसमा पुगे भने कोही नेकपा एमाले प्रवेश गरेका छन । एकदुइ नेता बाहेक अब रसुवामा माओवादीका कार्यकर्तामात्र देखिएका छन । सोमबार माओवादीका नेतृत्व तहका केही नेता नेकपा एमाले प्रवेश गरेका छन ।
माओवादीका वागमती प्रदेश कमिटी सदस्य उध्दव रिजालको नेतृत्वमा जिल्ला स्तरिय तथा गाउपालिका स्तरिय नेताहरू एमाले प्रवेश गरेको एमाले रसुवाका सचिव जनार्दन ढकालले जानकारी दिए । उनीहरू सोमबार बिहान ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेमा उध्दब रिजाल कालिका, बलराम ढकाल कालिका, शंकर न्यौपाने, तोयानाथ न्यौपाने, सिताराम पौडेल, चित्रप्रसाद देवकोटा, बहादुर लोप्चन, रामशरण कुईकेल, मोहनसिङ तामाङ, वीर ब।थिङ, फुलमाया थिङ, हित बहादुर थिङ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
