• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’


  • खुला नेपाल
  • आइतवार, साउन २२, २०७९
  • 2.3K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् । ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिएका हुन् ।

उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेका तर उनलाई धेरै ठीक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए ।

उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाइसकेका छन् । उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहेका बाइडेनलाई निको भएको थियो ।

राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उहाँको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

प्रतिक्रिया