• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सडक दुर्घटना न्यूनीकरणका लागि बत्ती जडान


  • खुला नेपाल
  • बिहिबार, भदौ ९, २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य अगाडि बढाइएको छ । बजार क्षेत्रका टोल–टोलमा आवश्यकतका आधारमा सडक बत्ती जडानको कार्य सुरु गरिएको छ ।

सवारी दुर्घटना न्यूनीकरणसँगै चोरीलगायतका अवाञ्छित कार्य रोक्नका लागि स्थानीय बासिन्दाको मागका आधारमा सडक बत्ती जडानकार्य अगाडि बढाइएको वडाध्यक्ष सुशील भट्टले बताउनुभयो ।

“रातिका बेला सडक दुर्घटना हुनसक्ने सम्भावित क्षेत्रमा सेन्सरयुक्त र सेन्सर नभएका बत्ती जडान भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिलो चरणमा दुई सय ५० स्थानमा सडक बत्ती जडान गर्ने योजना बनाएका छौँ, अरु क्षेत्रमा आवश्कताका आधारमा सडक बत्ती जडान गर्छौँ ।” बत्ती जडानकार्य सुरु गरिएको दुई दिनको अवधिमा ५० वटा सडक बत्ती जडान गरिएका छन् ।

विद्युत्को कार्य गर्ने नगरपालिकामा दुईमात्रै प्राविधिक भएकाले छिटोछरितोरूपमा बत्ती जडान हुन नसकिरहेको उहाँले बताउनुभयो । अरु वडामा समेत सडक बत्ती जडान भइरहेकाले प्राविधिकले समय दिन नसक्दा काममा विलम्ब भइरहेको उहाँको भनाइ छ । बत्ती जडानसँगै वर्षाँैदेखि सरसफाइ नगरिएका बजार क्षेत्रका नाली सरसफाइसमेत अगाडि बढाइएको छ ।

प्रतिक्रिया