• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

एमालेको निर्णय केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने


  • खुला नेपाल
  • शनिबार, भदौ ११, २०७९
  • 2.4K
    SHARES

काठमाडौँ। नेकपा एमालेले भावी प्रधनमन्त्रीका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ ।

आज सकिएको केन्द्रीय कमिटीको बैठकले पार्टीले बहुमत ल्याएर भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अघि सार्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य हिक्मत कार्कीले जानकारी दिनुभयो ।

बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गर्नुभएको हो । सो निर्णय सर्वसम्मत रुपमा पारित भएको कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया