• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सत्ता गठबन्धनका नेतामा अहंकार देखियो : खिमलाल भट्टराई


  • खुला नेपाल
  • शुक्रबार, भदौ १७, २०७९
  • 3.2K
    SHARES

काठमाडौं  । राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले सत्ता गठबन्धनका नेताहरुमा अहंकार देखिएका बताउनु भएको छ ।

राष्ट्रियसभाको आज बसेको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा विधान व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उहाँले सभामुखको भूमिकामा पनि प्रश्न उठाउनु भयो।

उहाँले भन्नुभयो, ‘सभामुख पनि लोकतन्त्रमा एउटा संस्था हो, त्यो संस्था रोबोटजस्तो भयो कि १ समन्वय गर्ने सभामुखको दायित्व हो । विषयवस्तुलाई छलफलमा लैजाने भूमिका सभामुखको हो तर सभामुखको भूमिका संस्थागत रुपमा चलेको देखिएन ।’

राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा गम्भीर रुपमा छलफल होला भन्ने सोचेको भए पनि त्यसो नभएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया