• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

समानुपातिक उम्मेदवारको बन्द सूची आज पेस गरिँदै


  • खुला नेपाल
  • आइतवार, अशोज २, २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदै छ ।

निर्वाचन आयोगले आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने कार्य तालिका रहेको जनाएको छ ।

निर्वाचन प्रक्रिया सुरु भएसँगै  दलहरू भने उम्मेदवार चयनको निर्णायक चरणमा प्रवेश गरेका छन् । दलहरूले समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि बढीमा एक सय १० र प्रदेशसभाका लागि बढीमा दुई सय २० सहित तीन सय ३० उम्मेदवार चयन गर्नेछन् ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभा र प्रदेश सभामामा ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक सांसद हुन्छन् । जसअनुसार दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एक सय ६५ प्रत्यक्ष र एक सय १० समानुपातिक कोटाबाट आउँछन् ।

बन्द सूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिने गरी बन्द सूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला हुनुपर्छ । प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया