• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

धनुषामा छ जनाको उम्मेदवारी फिर्ता


  • खुला नेपाल
  • बिहिबार, अशोज २७, २०७९
  • 1.5K
    SHARES

काठमाडौँ ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ चार जना गरी छ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधिसभातर्फ धनुषा क्षेत्र नं ४ मा जनमत पार्टीका किसुनदेव यादव र नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृत सुदिपकुमार दङगालले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (ख) मा स्वतन्त्र उम्मेदवार लक्ष्मीनारायण मण्डल केवट, नेत्रदिप लामा र आनन्द मण्डलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिनुभयो । धनुषा क्षेत्र ४ (ख) मा स्वतन्त्र उम्मेदवार  रामदुलार महतोले उम्मेदवारी फिर्ता लिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यही असोज २३ गते प्रतिनिधिसभातर्फ धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीनजना र प्रदेशसभातर्फ ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दत्र्ता गराउनभएको थियो । 

प्रतिक्रिया