काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बेलायत आइपुग्नुभएकाे छ । सोमबार बिहान हिथ्रो बिमानस्थलमा अध्यक्ष तिमल्सिनालाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ओएनएफ यूके अध्यक्ष तुंग भद्र भुसाल, दूतावासका प्रवक्ता रोशन खनालले स्वागत गर्नुभएकाे थियाे ।
तिमल्सिना सोमबार १७ अक्टोबर साँझ ह्यारोस्थिति ब्लु रुममा आयोजना हुन लागेको शुभकामना साँझ उद्घाटनमा सहभागी हुनुहुनेछ ।
अध्यक्ष तिमल्सिनालाई स्वागत गर्न ओएनएफ युकेका नेताहरू बालकृष्ण भुसाल, भीमलाल भट्टराई, गंगा क्षेत्री, अलकल जंग लामा, सरस्वती केसी, भुपेन्द्र पाठकलगायत एयरपोर्टमा अाउनुभएकाे थियाे ।
गत आइतबार २ अक्टोबरमा बसेको कार्यसमितिको पूर्ण बैठकले १७ अक्टोबरमा दशैं तिहार शुभकामना साँझ गर्ने निर्णय गरेको थियो ।
शुभकामना साँझमा नेपालीबाट आएका कलाकारसँगै स्थानीय कालाकारको पनि सहभागिता रहने ओएनएफले जनाएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
