• शनिबार, साउन १६, २०८३
  • Saturday 1st August 2026

खानेपानीका इन्जिनियरसहित दुई जना २८ लाख घुससहित पक्राउ


  • खुला नेपाल
  • बुधबार, कार्तिक २, २०७९
  • 1.7K
    SHARES

काठमाडौं ।​​​​​​​ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।

घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत पलम्बर बखत बहादुर थापा रहेका छन् ।

उनीहरुलाई सेवाग्राहीबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रतिक्रिया