• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भाइटिकासँगै खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर


  • खुला नेपाल
  • बिहिबार, कार्तिक १०, २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानै खुलेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार बिहान ५ बजेबाट मन्दिर खुलेको छ । उहाँका अनुसार मन्दिर वर्षमा एक दिन भाइटिकाका दिन मात्र खुल्ने गर्छ ।

भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छन् । दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ बालगोपालेश्वर मन्दिरमा गएर पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बनेको मन्दिर पुनर्निर्माण गरिएको हो  । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ ।

प्रतिक्रिया