• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार हो : अध्यक्ष ओली


  • खुला नेपाल
  • शुक्रबार, कार्तिक ११, २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिबेला धेरै तर्क वितर्क गर्ने बेला नभएको बताउनुभएको छ ।

झापामा आज नेकपा एमाले र राप्रपाले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई वटा ध्रुवमा बाँडिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा राष्ट्रियताको पक्षमा, राष्ट्रिय हितको पक्षमा, स्वाभिमानको पक्षमा उभिने शक्ति, अर्को त्यसको विपरीत आत्मसमर्पणको नीति, सत्ता स्वार्थको नीति र घुँडा टेकुवाहरू, यी दुइटामा बाँडिएको छ र आज नेकपा एमाले राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार हो ।’

प्रतिक्रिया