• शनिबार, साउन १६, २०८३
  • Saturday 1st August 2026

गौरीशंकरको सूरीमा एमालेको घरदैलो अभियान, स्थानीयले गरे भब्य स्वागत


  • खुला नेपाल
  • सोमवार, कार्तिक १४, २०७९
  • 2.9K
    SHARES

दोलखा । नेकपा एमालेले जिल्लाका विभिन्न ठाउँका घरदैलो अभियान जारी राखेको छ । यसै क्रममा एमालेले सोमबार गौरीशंकर गाउँपालिकाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको हो ।

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा क का उम्मेवदार नर बहादुर श्रेष्ठसहित नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुगं, जिल्ला ईन्चार्ज सरस्वती बस्नेत र एमाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष जंग गुरुगंलगायतका नेता तथा कार्यकर्ताको बाक्लो सहभागितामा घरदैलो अभियान गरिएको हो ।

घरदैलो अभियानको क्रममा एमालेका उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकप एमालेका उम्मेदवारलाई विजयी गराउने वचनबद्धता दिएका थिए । घरदैलो अभियानमा विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।

प्रतिक्रिया