• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

हामीले जनता र युवाहरुका कुरा सुन्ने गर्नुपर्छ : अध्यक्ष ओली


  • खुला नेपाल
  • मङ्लबार, कार्तिक १५, २०७९
  • 1.5K
    SHARES

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानका क्रममा जनताका कुरा सुन्नुपर्ने बताउनुभएको छ । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले युवाका कुरा विशेष रूपमा सुन्नुपर्ने बताउनुभयो ।

उहाँले जनताका कुरा सुनेर आफूहरूले अगाडि सारेका योजना बताउनुपर्ने उल्लेख गनुभएको छ । चुनावी अभियानमा रहेका पार्टीका नेता–कार्यकर्तालाई उहाले यस्तो निर्देशन दिनुभयो ।

“यस अभियानमा हामीले जनताका कुरा सुन्ने र अझ युवाका कुरा सुन्ने गर्नुपर्छ, अनि हामीले अगाडि सारेका योजनाहरू बताउने गर्नुपर्छ,” उहाँले लेख्नुभएको छ ।

अध्यक्ष ओलीले चुनावी अभियानका रचनात्मक तस्बिरहरू आफूलाई फेसबुकमा पठाउन आग्रह पनि गनुभएको छ । “सबै साथीहरूले आफ्नो चुनावी अभियानका रचनात्मक तस्बिरहरू यहाँ पठाउन सक्नुहुन्छ,” उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया