• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

निर्वाचन आयोगलाई भारतले दियो ८० वटा गाडी


  • खुला नेपाल
  • शुक्रबार, कार्तिक १८, २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । निर्वाचन आयोगलाई भारतले ८० वटा सवारी साधन उपहार दिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रयोजनार्थ भारतले सवारी साधन उपहार दिएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त ८० वटा सवारी साधन हस्तान्तरण गर्नुभयो।

भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताउनुभयो । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उहाँले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त सवारी साधनले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने छ ।

प्रतिक्रिया