काठमाडौं । नेपाली काँग्रेस बिपी लमजुङले सत्ता गठबन्धन दलका उम्मेदवारलाई लमजुङमा बहिस्कारको घोषणा गरेको छ ।
नेपाली काँग्रेस बिपीले बेंसीसहरमा पत्रकार भेटघाटको आयोजना गरी काँग्रेसले आफ्नो मूल्य र मान्यता विपरीतका दलसँग सत्ता प्राप्तिका लागि माओवादीसँग गठबन्धन गरेको भन्दै गठबन्धनमा सहभागी नभएको स्पष्ट पारेको हो ।
काँग्रेस बिपीबाट उम्मेदवार बने पनि व्यक्तिगत स्वार्थका लागि उम्मेदवारले उम्मेदवारी निष्क्रिय गरेको दाबी गरिएको छ । करुवा चिन्हको उम्मेदवारी कायम रहेको बिपी काँग्रेसले जनाएको छ ।
काँग्रेस बिपीका अध्यक्ष तेजनारायण अधिकारीले आमनिर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई बहिष्कार गरी काँग्रेस बिपीको करुवा चिन्हमा छाप लगाएर सत्य र न्यायको पक्षमा उभिन मतदातालाई आग्रह गर्नुभयो ।
