• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रेशम चौधरीलाई स्वागत गर्न भन्दै फूलमालासहित डिल्लीबजार कारागार पुगे कार्यकर्ता


  • खुला नेपाल
  • सोमवार, मंसिर २६, २०७९
  • 2.5K
    SHARES

काठमाडौँँ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता(कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला भएका छन् ।

सरकारले रेशमको रिहाइका लागि अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट उनीहरू पार्टीको झण्डासहित फूलमाला बोकेर स्वागतका लागि जेलबाहिर पुगेका हुन् ।

आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी छुट्ने मिडियालाई बताएकी थिइन् ।

डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ । टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटना रेशम चौधरीकै निर्देशनमा भएको ठहरसहित अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको थियो ।

प्रतिक्रिया