• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

ओखलढुंगा : बाख्रा फर्ममा आगलागी हुँदा झन्डै ८० लाखको क्षति


  • खुला नेपाल
  • बुधबार, मंसिर २८, २०७९
  • 4.6K
    SHARES

काठमाडौँ । बाख्रा फर्ममा आगलागी हुँदा झन्डै ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको मोलुङ गाउँपालिका १ कुन्तादेवीमा स्थानीय संजय खत्रीले सञ्चालन गरेको फर्ममा गएराती आगलागी भएको हो ।आगलागीमा परि १ सय २५ वटा खसी बाख्रा जलेर मरेका छन् भने फर्मको भौतिक संरचना समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । राती झन्डै १ बजेतिर फर्ममा विद्युत सट भएर आगलागी भएको पाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए ।

उनका अनुसार फर्ममा आगलागी भएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली त्यसतर्फ खटेको थियो । प्रहरी र स्थानीयको प्रयासमा झन्डै ३ घण्टाको प्रयासमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया