• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

उपराष्ट्रपति पुनलाई निर्वाचन प्रतिवेदन उपलब्ध


  • खुला नेपाल
  • बिहिबार, मंसिर २९, २०७९
  • 2.6K
    SHARES

pk/fi6«klt k'gnfO{ lgjf{rg kl/0ffdsf] k|ltj]bg k]z pk/fi6«klt gGbaxfb'/ k'gnfO{ pk/fi6«klt sfof{nodf laxLaf/ k|ltlglw;efsf] k|ToIf / ;dfg'kflts lgjf{rg k|0ffnLtkm{sf] lgjf{rg kl/0ffd;lxtsf] k|ltj]bg k]z ub}{ k|d'v lgjf{rg cfo'Qm lbg]zs'df/ yklnof . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनलाई निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराएको छ ।

उपराष्ट्रपति पुनलाई उहाँको कार्यालय लैनचौरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन उपलब्ध गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति पुनले निर्वाचन एक चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा बढी व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न भएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र आयोगको प्रतिष्ठा बढेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गरी समयमै अन्तिम परिणाम घोषणा गरेकोमा आयोगलाई धन्यवाद दिनुभयो ।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सारसंक्षेप, अशल अभ्यास एवं चुनौतीबारे अवगत गराउनुभएको थियो । निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया