• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्रीले आज सचिवहरुलाई निर्देशनात्मक सम्बोधन गर्नुहुँदै


  • खुला नेपाल
  • मङ्लबार, पुस १९, २०७९
  • 1.8K
    SHARES

???? ??????? ????? ????? ????????, ?? ??? ????????? ????????????? ???????? ????? ‘???????’ ?????? ????????????? ???????? ??????????? ????? ??????? ?????? ? ??????? ????????? ????÷????

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्नुहुने छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवहरुलाई मंगलबार  निर्देशनात्मक सम्बोधन दिन लाग्नु भएको हो ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गर्नुभएको थियो । पुस ११ मा उहाँले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गर्नुभएको थियो ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार सचिवहरुसँग छलफल गर्नुभएको थियो ।

छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटनलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरिसकेका छन् भने केही सचिव र विभागको विवरण आज प्रस्तुत भएपछि प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया