• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै


  • खुला नेपाल
  • शुक्रबार, पुस २२, २०७९
  • 4.1K
    SHARES

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सुनुवाइ हुने भएको छ ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो ।

यसअघि, पुस ६ गते लामिछानेविरुद्ध परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । आज पेसी चढेसँगै रिटमाथि सुनुवाइ हुने भएको हो ।

अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः खारेज भएको र अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता नलिई खारेज भएको पुरानै नागरिकताबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएकाले लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

अधिवक्ता युवराज पौडेल र अधिवक्ता रविराज बसौला समेतले राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको हो ।  लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुनुहुन्छ ।

प्रतिक्रिया