• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


  • खुला नेपाल
  • आइतवार, पुस २४, २०७९
  • 3.1K
    SHARES

काठमाडौँ ।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनुभएकाे छ ।नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गर्नुभएकाे थियाे ।  एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गर्नुभएकाे थियाे ।

बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्भनुभएकाे हाे । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएकाे हाे ।

मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार बजे हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुहुनेछ ।

प्रतिक्रिया