• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्रीलाई हाम्रो साथ छ : राजेन्द्र लिङदेन


  • खुला नेपाल
  • मङ्लबार, पुस २६, २०७९
  • 2.1K
    SHARES

काठमाडौंं । प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता राजेन्द्र लिङदेन संसदीय संरचनाको गाम्भीर्यतालाई ध्यानमा राखेर राप्रपाले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा समर्थन गरेको बताउनुभयो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले प्रधानमन्त्रीको प्रतिबद्धताले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘त्यसमा हाम्रो पनि समर्थन रहने छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीको प्रतिबद्धता आशा गर्न लायकको भएको बताउँदै लिङदेनले त्यसलाई पूरा गर्न भने त्यति सजिलो नभएको बताउनुभयो । त्यो चुनौतीपूर्ण काम पुरा गर्न सरकारलाई सफलताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।

सरकारले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रति उहाँले खुसी व्यक्त गर्नुभयो । नेपाल बनाउने व्यक्तिलाई सम्मान गर्दा कसैले पनि मन खुम्च्याउनु नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया